Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्नातकको परीक्षामा खेताला

मंगलबार, ०१ असार २०७२

काठमाडौं १ असार / त्रिभुवन विश्वविद्यालयद्वारा संचालित स्नातक तेश्रो वर्षको परीक्षामा खेताला परीक्षार्थी फेला परेकाछन् । भेरीज्ञानोदय क्याम्पस जाजरकोट केन्द्रमा परीक्षार्थी धनबहादुर नेपालीले छोरा तुलबहादुरलाई परीक्षा दिन लगाएको खुलेको हो ।

नेपालीले स्वास्थ्य विषयको परीक्षा तुलबहादुरलाई दिन लगाएका थिए । केन्द्राध्यक्ष रुद्रप्रसाद तिमिल्सेनाले परीक्षा प्रवेशपत्र निरीक्षण गर्ने क्रममा यस्तो पत्ता लगाएका हुन् । धनबहादुरलाई परीक्षाबाट निष्काशन गरीएको केन्द्राध्यक्ष तिमिल्सेनाले बताए । नेपालीलाई भने प्रहरीले नियन्त्रणमा लिएर पनि कुनै कारबाही नगरी छाडेको छ । परीक्षामा अमर्यादित तथा नक्कल गर्नेलाई फौजदारी अभियोग अन्र्तगत कारबाही गर्ने कानुनी प्राब्धान भएपनि प्रहरीले उनीहरु माथि हालसम्म कुनैपनि कारबाही अगाडी बढाएको । दुवै जनालई सामान्य तारेखमा छाडेको प्रहरी नायव उपरीक्षक दीनेशराज मैनालीले बताए । 

६ वर्षसम्म उक्त विषयको परीक्षा उत्तीर्ण गर्न नसकेका नेपालीले कक्षा ११ मा अध्ययनरत छोरालाई आफ्नो नाम परीक्षा दिन लगाएको सहायक क्याम्पस प्रमुख बलराम भण्डारीले बताए ।  ‘नेपालीले अन्तिम वर्ष परीक्षा उत्तीर्ण गर्न यस्तो गरेको होलान्,’ भण्डारीले भने ।  तीन वर्षे स्नातक तहमा एउटा विषयको ७ वर्षसम्म परीक्षा दिन पाउने प्राब्धान रहेको छ । उनले प्रवेशपत्र हराएको भन्दै प्रतिलिपी लिने क्रममा छोराको फोटो टाँसेर अर्को प्रवेशपत्र बनाएको भण्डारीले बताए । भुल बस प्रतिलिपी प्रवेशपत्रमा छोराको फोटो टाँसिएको भण्डारीको भनाई छ । रोकाय गाउँ–५ का नेपाली जनता निम्न माध्यमिक विद्यालय रोकायगाउँका प्राथमिक तहका शिक्षक हुन् ।

कान्तिपुरमा भीमबहादुर सिंहले लेखेका छन् ।

प्रतिक्रिया