Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

मदिराले मातेका शिक्षकले विद्यार्थी कुटे

शुक्रबार, ०४ असार २०७२

अनिश्चितकालीन विद्यालय बन्द
काठमाडौं ४ असार /बैतडीको एक उच्च माविका शिक्षकले मदिरा सेवन गरी विद्यार्थीलाई कुटेपछि अनिश्चितकालका लागि विद्यालय बन्द भएको छ ।
बैतडीको उदयदेव गाबिस ६ मा रहेको पीपलकोट उच्च माध्यमिक विद्यालयमा कार्यरत निमित्त प्रअ दामोदर ओझाले मदिरा सेवन गरी विद्यार्थीलाई कुटपिट गरेपछि विद्यार्थीले बुधबारदेखि तालाबन्दी गरेका छन् ।
बैतडी जिल्ला शिक्षा अधिकारी अमरप्रसाद भट्टले बुधबार बिहान उक्त विद्यालयमा एक जना विद्यालय व्यवस्थापन समिति सदस्य मदिरा सेवन गरी आएका र म विद्यालयको पढाईको अनुगमन गर्छु भनेको र प्रअ दामोदर ओझाले मादक पदार्थ सेवन गरेका सदस्यलाई अनुगमन गर्न नदिने भनेपछि विवाद भएको बताए । बिबादको क्रममा समान्य झडप समेत भएको उनले बताए ।
शिक्षक ओझाले मदिरा सेवन गरी कक्षा ८ र ९ का विद्यार्थीलाई मादक पदार्थ सेवन गरी क्रिकेटको ब्याटले कुटपिट गरेर घाइते बनाएपछि विद्यार्थी आन्दोलित भएको बताइएको छ । विद्यालय अनिश्चितकालको लागि बन्द भएपछि पठनपाठन ठप्प भएको छ ।
आजको नेपाल समाचार पत्र दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया