Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

निरक्षरता उन्मुलन प्रतिबद्धता पूरा नहुने

सोमबार, ०७ असार २०७२

काठमाडौं ७ असार /असार मसान्तभित्र मुलुकबाट निरक्षरता उन्मुलन गर्ने  सरकारको महत्वाकांक्षी प्रतिबद्धता पुरा नहुने भएको छ ।

गत २०७१ साउनमा देशको ७५ वटै जिल्लाको निरक्षरता उन्मुलन गर्ने भनिएपनि नौ जिल्लाले मात्रै निरक्षरता उन्म’लन घोषणा गरेका छन् । आठ जिल्ला यसै महिनाभित्र निरक्षरता उन्मुलन जिल्ला घोषणा गर्ने तयारीमा छन् । 

अनौपचारिक शिक्षा केन्द्रका निर्देशक बाबुराम पौडेलले अभियान असफल भएको विश्लेषण गर्न नमिल्ने तर्क गर्दै भने,‘निरक्षरता उन्मुलन सम्भव नै छैन । विश्वका धनी र ठूला देशहरुमा पनि उन्मूलन भइसकेको छैन् तर, निरक्षरता उन्मूलन गर्ने घोषणाले साक्षरताप्रति चेतना बढाउन सफल भएको छ ।’ 

आजको गोरखापत्र दैनिकमा प्रकृति अधिकारीले यो खबर लेखेका छन् ।

 

प्रतिक्रिया