Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

अध्यक्ष बन्न रातारात छोरी भर्ना

मंगलबार, ०८ असार २०७२

काठमाडौं ८ असार/पदमा  कायम रहन नारायणघाटस्थित बालकुमारी उमावि व्यवस्थापन समिति अध्यक्षले निजीमा अध्ययन गर्ने छोरीलाई रातारात ल्याएर नियमविपरीत सामुदायिक विद्यालयमा भर्ना गरेका छन् । 

अध्यक्ष कमलप्रसाद आचार्यले स्मल हेभनमा कक्षा ९ मा रहेकी छोरीलाई अध्यक्ष पद सुरक्षित गर्न सोमबार भर्ना गरेको विद्यालयले स्रोतले जनायो । 

०७० सालमा अध्यक्ष निर्वाचित उनका २ छोरी यही विद्यालयमा अध्ययन गर्थे । एउटीले गत वर्ष १२ कक्षाको परीक्षा दिएकी थिइन । अर्की कक्षा ७ उतिर्ण गरेर निजीमा भर्ना भएकी थिइन । 

अध्यक्षका सन्तान विद्यालयमा अध्ययन नगरेको अवस्थामा पदमा कामय रहनु गै्रहकानुनी भएको उल्लेख गर्दै अभिभावक प्रेमबहादुर गुरुङले शिक्षा कार्यालयमा उजुरी गरेका थिए । गत फागुनमा दिएको उजुरीको सुनुवाई असार ४ मा पठाएको थियो । 

कार्यालयले अध्ययक्षको छोराछोरी विद्यालयमा नभए नियमअनुसार समितिलाई पूर्णता दिन भन्दै निर्देशन दिएको थियो । विवाद बढ्दै गएपछि आफनो पद टिकाईराख्न आचार्यले रातारात छोरी भर्ना गरेका हुन् । 

आजको कान्तिपुर दैनिकमा चितवनबाट बिमल खतिवडाले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया