Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षक नेताको स्कूल कमजोर

मंगलबार, ०८ असार २०७२

काठमाडौं ८ असार /शिक्षक नेताले अध्ययापन गराउने सुदुरपश्चिमका विद्यालयको एसएलसी परीक्षाको नतिजा कमजोर देखिएको छ । 

राजनीतिक दल निकटका शिक्षक संगठनसंग आबद्ध शिक्षक नेता विद्यालयभन्दा पनि राजनीतिमा सक्रिय हुदा पढाई कमजोर भएको अभिभावकको गुनासो छ । 

कैलाली सदरमुकाम धनगढीमा रहेको नगर क्षेत्रको सबैभन्दा धेरै आम्दानीको स्रोत रहेको त्रिनगर उच्च माध्यमिक विद्यालयको एसएलसी नतिजा १० प्रतिशत मात्रै आएको छ । त्यहाबाट परीक्षामा सहभागि भएका ७८ जना विद्यार्थीमध्ये आठ जना मात्रै उतीर्ण भएका छन् । त्रिनगर उच्च माविमा नेपाल शिक्षक संघका अध्यक्ष भूपालसिंह खड्का, शिक्षक युनियनका उपाध्यक्ष लक्षिराम सिंडारी लगायतका नेता शिक्षक अध्ययापन गराउछन् । 

सुदुरपश्चिभरी शिक्षक नेताहरुले पढाउने धेरै विद्यालयको नतिजा १० प्रतिशत हाराहारी छ । 

नेपाल शिक्षक युनियन कैलालीका अध्यक्ष महेन्द्र बलमे अध्यापन गराउने मुनुवा गाबिसको जनता माविबाट पनि एक सय १२ जनाले परीक्षा दिएकोमा १० जना मात्रै उतिर्ण भएका छन् । नेपाल शिक्षक राष्टिय शिक्षक परिषद्का अध्यक्ष श्याम मल्ले पढाउने दीपेन्द्र उच्च माविबाट एक सय आठ जनाले परीक्षा दिएकोमा १५ जना मात्रै उतीर्ण भएका छन्  । 

आजको अन्नपूर्ण दैनिकमा शिवराज भट्टले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया