Edukhabar
शनिबार, ०५ असोज २०८१
खबर/फिचर

उपकुलपतिमा दलीय भागबण्डा नगर्न माग

बुधबार, ०२ भदौ २०७२

काठमाडौं २ भदौ / उपकुलपति नियुक्तिमा दलीय भागबण्डा नगर्न विद्यार्थी संगठनहरुले माग गरेका छन् । सात विद्यार्थी संगठनको संयुक्त बैठकले दलीय भागबण्डाबाट माथि उठेर विज्ञ प्राज्ञहरुको विचबाट नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गरेको हो ।

उपकलुपति नियुक्तिका लागि राजनीतिक दहरूबाट दबाब आइरहेको बेला विद्यार्थी संगठनहरुले सामूहिक रुपमा यस्तो माग गरेका हुन् । गत असार २३ गते देखि सात विश्वविद्यालयका उपकुलपति सहित पदाधिकारीको पद खाली छ ।

प्रधानमन्त्रीले साउन २७ गतेभित्र रिक्त सातवटै विश्वविद्यालयका लागि उपयुक्त उपकुलपतिको नाम सिफारिस गर्न छनोट समिति गठन गरे  पनि उक्त समितिले सिफारिस गर्न समेत सकेको छैन ।

त्रिभुवन, संस्कृत, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूरपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालय एकै पटक उपकुलपति सहित पदाधिकारी विहीन भएको छ ।

बुधबार अखिल क्रान्तिकारीको कार्यालयमा बसेको सात विद्यार्थी संगठनका नेताहरुको बैठकले  शुल्क लगायतका विषयमा गत बैशाख ६ गते शिक्षा मन्त्रालयसँग भएको सहमती कार्यान्वयनको माग समेत गरेको छ ।

यस्तै अन्र्तराष्ट्रिय मूल्य अनुसार पेट्रोलीयम पदार्थमा मूल्य गिरावट हुँदा समेत आयल निगमनले भाउ नघटाएको प्रति बैठकले आपत्ति जनाएको छ । पेट्रोेलीयम पादर्थको मूल्य घटाउन र सार्वजनिक यातायातमा घटेको भाडा कार्यान्वयन गर्न पनि बैठकले माग गरेको छ ।

संविधानको मस्यौदामा संगठनहरुले संयुक्त रुपमा पेश गरेको सुझाव समाबेश गर्न तथा मूलूकलाई गंभिर द्धन्द्ध र विखण्डनतिर लैजान प्रयत्न गर्नेहरुसँग सचेत रहन पनि विद्यार्थीहरुले माग गरेका छन् । यसै गरी सीमांकनको विरोधमा भईरहेको आन्दोलनमा बल प्रयोग नगरी समस्याको समाधान खोज्न तथा आन्दोलनमा मारिएकाहरुको परिवारलाई उचित राहत दिन पनि उनीहरुको माग छ ।   

फोटो : यूपी लामिछानेको फेसबुकबाट

प्रतिक्रिया