Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

गणितमा ७७ प्रतिशत फेल

बुधबार, ०९ असार २०७२

काठमाडौं ९ असार/यसपाली ४ लाख ५ हजार जनाले एसएलसी परीक्षा दिएका थिए । त्यसमा एक लाख ९२ हजार उतिर्ण भए । २ लाख १३ हजार अनुतिर्ण मध्ये १ लाख ६३  हजार अर्थात ७७ प्रतिशतको गणितमा बिग्रिएको छ । 

परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार अनुतिर्णमध्ये ७० ७० हजार ५७ जनाले मात्रै मौका परीक्षा दिन पाउछन् । ‘अरु बिषयभन्दा गणितमा धेरै अनुतिर्ण भएका छन्,’उनले भने,‘यो बिषय अनुतिर्ण हुनको कारण पत्ता लगाएर अघि बढनुको बिकल्प छैन ।’ 

एसएलसीमा विज्ञान बिषयमा फेल हुनेको संख्या दोस्रो स्थानमा छ । विज्ञानमा एक लाख ५६ हजार ६३ विद्यार्थी अनुतिर्ण भएका छन् । यस मध्ये ५६ हजारले मात्रै पुरक परीक्षामा सहभागि हुने अवसर पाएका छन् । 

कुनि बिषयमा कति अनुतिर्ण ?

गणित  १६३९७९

विज्ञान  १५६०६३

अंग्रेजी  ११५९२१

सामाजिक १०१५४०

नेपाली ५४४७८

स्वास्थ, जनसंख्या तथा वातावरण शिक्षा ३४६०३

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले यो खबर लेखेका छन् ।

 

प्रतिक्रिया