Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

गाउका उच्च माविले विद्यार्थी पाउनै मुस्किल

बुधबार, ०९ असार २०७२

काठमाडौं ९ असार/एसएलसीमा कम नतिजा आएका कारण उच्च मावि संकटमा परेका छन् । विद्यार्थी कम उतिर्ण भएपछि उच्च माध्यमिक विद्यालयमा विद्यार्थी कम भएको हो । 

भेजपुर सदरमुकाममा रहेका उच्च मावि आसपासका क्षेत्रबाट जसोतसो विद्याथीै भर्ना भएर धानिरहे पनि ग्रामिण क्षेत्रमा उच्च माविमा समस्या भएको छ । यसवर्षको एसएलसीमा छिनामख’ गाबिसको त्रिभ’वन धर्मोदय उच्च्माविबाट तीन जना मात्र पास भए । 

त्यस्तै दिङलास्थित षडानन्द उच्चमाविबाट एक जना मात्रै पास भएका छन् । विश्वप्रेमी उमावि याकु र मानेडाडा उमाविबाट पनि एक एक जना मात्र पास भएका छन् । 

शिक्षा क्षमाकन्या उमावि देवानटारबाट त कुनै विद्यार्थी उतिर्ण हुन सकेनन । 

जिल्लामा हाल २८ वटा उच्च् मावि सञ्चालनमा छन् । ग्रामिण भेगका अधिकांश उच्च माविमा आठदेखि १० जना मात्र विद्यार्थी पढिरहेका छन् । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया