Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

लमजुङका २० विद्यालय गाभिने

बुधबार, ०९ असार २०७२

काठमाडौं ९ असार/लमजुङका २० सामुदायिक विद्यालय मर्ज गरिने भएको छ । जिल्ला शिक्षा समिति लमजुङको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो । 

६ महिनाअघि नै मर्जको प्रक्रिया थालिए पनि जिल्लाका सभाषद्सहित बसेको शिक्षा समितिको बैठकले मर्ज प्रक्रियालाई अन्तिम रुप दिएको हो । 

शिक्षा समितिले प्राथमिक तहको एकदेखि तीन कक्षासम्म सञ्चालन भएका विद्यालयमा १० जना विद्यार्थी हुनुपर्ने र एक्देखि पाचकक्षासम्म सञ्चालन भएका विद्यालयमा २० जना विद्यार्थी हुनुपर्ने प्रावधान राखेको थियो । 

यो प्रावधानभित्र परेका जिल्लाका तीन सय ७२ सामुदायिक विद्यालयमध्ये २० विद्यालय नजिकैको अर्को विद्यालयमा मर्ज गर्न लागिएको हो । अर्को विद्यालयमा गाभ्दा आधा घण्टाको दुरीका आधारमा गरिएको शिक्षा कार्यालयले जनाएको छ । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया