Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

१३ बिषयमा सत प्रतिशत

विहीबार, १० असार २०७२

काठमाडौ १० असार/यसपालीको एसएलसी परीक्षामा एक दर्जनभन्दा बढी बिषयमा सत प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । 

परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको ऐच्छिक १३ बिषयमा कुनै पनि विद्यार्थी अनुतिर्ण भएका छैनन । 

थोरै विद्यार्थी भएका सबैजसो बिषयमा उतीर्ण भएका छन् । न्याय, फलित, ज्योतिष, तिब्बेतियन, नेवारी, सामवेद, नीतिशास्त्र, वेद, गृहविज्ञान, औद्योगिक शिक्षा, खाद्य विज्ञान, निडल वर्ड, सिभिस र म्यूजिक बिषयमा शतप्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । 

अनिवार्य बिषयमा परीक्षार्थी संख्या धेरै छ । 

पनिका अनुसार फलित ज्योतिषमा ५, न्यायमा ४१, तिब्बेतियन १२२, नेवारी २३,  सामवेद ८, नीतिशास्त्र ८, वेद २, गृहविज्ञान ३०, औद्योगिक शिक्षा ३०, खाद्य विज्ञान ६१, निडल वर्ड १७, सिभिस १०२ र म्यूजिक ६४ जनाले परीक्षा दिएकोमा सबै जना उतिर्ण भएका छन् । 

आजको नया पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया