Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

आफनो समस्या समाधान हुने अस्थायी शिक्षकहरुको अपेक्षा

विहीबार, १० असार २०७२

काठमाडौं १० असार/शिक्षकले बर्षौदेखि भोग्नु परेको समस्या समाधान गर्न शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ । 

शिक्षकहरुको समूहले प्रधानमन्त्री शुसिल कोइरालालाई केही दिनअघि भेटेर शिक्षकहरुले बर्षौदेखि भोग्नु परेको समस्या अवगत गराएका थिए । नेपालमा सार्वजनिक विद्यालयको शैक्षिकस्तर खस्कदैन गएको बेला शिक्षकका समस्या समाधान गर्न राज्य संयन्त्रले गम्भीरता देखाएकोमा शिक्षकहरुले खुसी व्यक्त गरेका छन् । 

कुल १७ हजारको हाराहारीमा कार्यरत अस्थायी शिक्षकलाई स्थायित्वको अवसर दिन आन्तरिक आयोग खोल्नुपर्ने, पुराना दीर्घसेवी शिक्षकहरुलाई गोल्डेन हेन्डेसेक दिएर अवकास दिनुपर्ने र खाली पदमा सक्षम नया शिक्षक नियुक्ति गर्नुपर्ने, कार्यरत शिक्षकहरुलाई उमेर हद म्याद नलगाई शिक्षक सेवा आयोगमा आवेदनको अवसर दिनुपर्ने विविध माग राख्दै शिक्षकहरुको समूहले कोइरालालाई भेटेर ध्यानाकर्षण गराएका थिए । 

शिक्ष मन्त्रालयका प्रवक्ता डा. हरिप्रसाद लम्सालले शिक्षकहरुले सरकारको ध्यानाकर्षण गराएको बिषयमा मन्त्रीहरुको तहमा छलफल भइरहेको बताए । 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया