Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

आधा शुल्क छुट अवज्ञा

विहीबार, १० असार २०७२

काठमाडौं १० असार/निजी विद्यालयले वैशाखको शुल्कमा आधा छुट नगरेको पाइएको छ । शैक्षिक सत्र सुरुमै प्रस्तावित मासिक शुल्क लिएको अनुगमनका क्रममा पाइएको हो । 

वैशाखको सुरुमा शुल्क नबढाउन र गत ३० जेठमा सबै अभिभावकलाई राहत दिन आधा महिनाको शुल्क छुट दिने सहमति भएको थियो । निजी विद्यालयसंग पहिलेकै सहमतिका आधारमा शिक्षा मन्त्रालयले छुटको निर्णय गरेको हो । 

अनुगमनका क्रममा कतिपय निजी विद्यालयले भूकम्पपीडितका कार्ड भएका अभिभावलाई मात्र छुट दिने बताएका छन् । शिक्षा विभाग, अभिभावकलाई छुट दिने बताएका छन् । शिक्षा मन्त्रालय, शिक्षा विभाग, अभिभावक संघ र विद्यार्थी संगठन संयुक्त रुपमा अनुगमनमा सहभागि थिए । 

संयुक्त विद्यार्थी संगठनको बुधबार बसेको बैठकले सरकारी टोलीको अनुगमन देखावटी मात्र  भएको निचोड निकाल्दै बिहीबारदेखि छुट्टै अनुगमन गर्ने निर्णय समेत गरेको नेविसंघका प्रवक्ता यूपी लामिछानेले बताए । 

आजको राजधानी दैनिकमा सञ्चिता घिमिरेले यो खबर लेखेकी छिन् । 

 

प्रतिक्रिया