Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

नोबेल मेडिकल कलेज र अस्पताल बन्द

सोमबार, १४ असार २०७२

nobleकाठमाडौं १४ असार/ इन्ट्रन सीप विद्यार्थीको आन्दोलनका कारण तोडफोड र अशान्त मच्चिएको भन्दै कलेज प्रशासनले आइतबार यहाँको नोबेल मेडिकल कलेज र अस्पताल अनिश्चितकालका लागि बन्द गरेको छ ।

कलेज र अस्पताल बन्दको घोषणा गरेपछि बेडमा भर्ना भएर उपचार गराइरहेका दर्जनौं बिरामीलाई अस्पताल प्रशासनले जर्बजस्ती अन्यत्र रिफर गरेको । कलेज प्रशासनले अस्पताल र कलेज अनिश्चितकालका लागि बन्द गरेपपछि आन्दोलनरत विद्यार्थी वस्ने छात्रावासमा पानी र बिजुलीको सप्लाई पनि बन्द गरेको विद्यार्थीले दाबी गरेका छन् । कलेजको छात्रावासमा ६ सय विद्यार्थी वस्दै आएका छन ।

कलेज प्रशासनले कलेजमात्र अनिश्चितलकालका लागि बन्द गरेको उल्लेख गर्दै अस्पताल बन्द नगरेको दाबी गरेको छ । अस्पताल तथा कलेजका निर्देशक डा. राजेश नेपालले भने विद्यार्थीको आन्दोलनका कारण कलेजमा अशान्त मच्चिनुका साथै तोडफोड र हुलदंगा भएका कारण पठनपाठनमा समस्या भएकाले कलेजमात्र अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो ।

कलेजले श्रमशोषण गरेको र सेक्यूरिटिज धरौटी फिर्ता नगरेको भन्दै पाँचौ व्याचका इन्ट्रनसीप विद्यार्थीले दश दिनदेखि आन्दोलन गर्दै आएका छन् ।

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ । 

प्रतिक्रिया