Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

साक्षरता अभियान अन्तिम चरणमा

सोमबार, १४ असार २०७२

काठमाडौं, १४ असार/पाचथर जिल्लालाई पूर्ण साक्षर बनाउन थालिएको अभियान अन्तिम चरणमा पुगेको छ । 

जिल्लाका सबै ३८ गाबिस र एक नगरपालिकालाई साक्षर घोषणा भएसंगै जिल्ला घोषणाको तयारी गरिएको जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले बताए । बाकी रहेका स्याबरुम्बा र रानीगाउलाई शनिबार घोषणा गरिएको हो । शुक्रबार फिदिम उच्च मावि स्रोत केन्द्र अन्तर्गतका फिदिम र भारपा गाबिसलाई पूर्ण साक्षर गाबिस घोषणा गरिएको थियो । 

साक्षरता अभियानमा जिल्लाका सबै दल, सरकारी कार्यालय र नागरिक समाजलाई सक्रिय बनाइएको छ । एक व्यक्तिले एक जनालाई साक्षर बनाइने अभियान अन्तर्गत एक महिना भित्रै साक्षर बनाइएको नेपालले दाबी गरे । 

आजको कान्तिपुर दैनिकमा यो समाचार छापिएको छ । 

 

 

 

प्रतिक्रिया