Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

१२ बर्षपछि सुध्रियो सामुदायिक विद्यालय

सोमबार, १४ असार २०७२

काठमाडौं १४ असार /एसएलसी परीक्षामा लामो समयदेखि निजी विद्यालयको तुलनामा सामुदायिक विद्यालयको नतिजा खस्कदै गए पनि यस वर्ष भने सिन्धुपाल्चोकमा सामुदायिक विद्यालयको सन्तोषजनक नतिजा आएको छ । 

लामो समयपछि सामुदायिक विद्यालयबाट एसएलसीमा सहभागि विद्यार्थी जिल्लामा उत्कृष्ठ भएका छन् । यो नतिजाको लागि सामुदायिक विद्यालयले लामो समय कुर्नुपरयो । १२ बर्षपछि खोला पनि फर्कन्छ भनेजस्तै सामुदायिक विद्यालयबाट ०६२ को एसएलसीमा सारदा उच्च मावि बाह्रबिसेका विद्यार्थी चुडामणि नेपाल ८५.८७ प्रतिशत ल्याउदै जिल्ला प्रथम भएका थिए । 

सामुदायिक विद्यालयका बर्सेनी नतिजा खस्कदै गएका बेला यो वर्ष भने सिद्धकमला मावि पीपलडाडाका छात्र प्रज्वलसिंह बस्नेत जिल्लाको हिरो भएका छन् । उनले ८७.३५ प्रतिशत ल्याउदै जिल्ला प्रथम भएका छन् । 

केही विद्यालयको एसएलसीमा नतिजा शुन्य भएपनि बाकी विद्यालयको नतिजा सन्तोषजनक रहेको शिक्षा अधिकारी दिलनाथ पुरीले बताए । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया