Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

डिनलाई शौचालयमा थुनियो

मंगलबार, १५ असार २०७२

काठमाडौं १५ असार / विद्यार्थीले पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालयमा तोडफोड गर्दै विज्ञान तथा प्रविधि संकायका डीन डा. गोबिन्दप्रसाद लामिछानेलाई शौचालयमा थुनेका छन। 

 अनेरास्ववियु निकट विद्यार्थी लेखनाथस्थित विश्वविद्यालयका झ्यालका सिसा, ढोका, फिल्टर, टेवुललगायत सामान तोडफोड गरेका थिए। 

 कार्यालयको प्रशासन शाखामा वसिरहेका डीनलाई तीनजना विद्यार्थीले शौचालयमा लगेर थुनिदिएको एक कर्मचारीले बताए। 

 शौचालयमा करिव १५ मिनेट थुनिएका लामिछानेलाई प्रहरीले मुक्त गरेको थियो। प्रहरीले प्रर्दशनमा हस्तक्षेप गरेपछि बिद्यार्थी भागेका थिए।

 विश्वविद्यालयको केन्द्रीय क्याम्पस स्कुल अफ हेल्थ एण्ड एप्लाइड साइन्सेसमा अनियमित तबरले विद्यार्थी ट्रान्सफर गरेकाले बिरोध गरेको जनाएका छन।

 उनीहरूले डीनको कुर्सी विश्वविद्यालय केन्द्रीय कार्यालयको रेलिङमा झुण्ड्याएका थिए। 

 विश्वविद्यालय प्रशासनले सोमबार बिहान प्रहरी लगाएर उक्त कुर्सी झिकेपछि आक्रोशित बिद्यार्थी तोडफोडमा उत्रिएका थिए। 

 कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरेले तोडफोडमा संलग्न कसैलाई पनि पक्राउ नगरिएको जानकारी दिए।

अन्नपूर्ण पोष्टमा छापिएको छ । 

प्रतिक्रिया