काठमाडौं २१ असार/माध्यमिक तहमा प्राविधिक बिषय अध्ययन गराइरहेकै विद्यालयलाई कक्षा ११ र १२ मा प्राविधिक बिषय अध्ययन गर्न दिइनुपर्ने माग राखेका छन् ।
प्राविधिक तथा व्यवसायिक शिक्षा विद्यालय सञ्जालले आइतबार पत्रकार सम्मेलन आयोजना गरी सो माग गरेको हो ।
शिक्षा विभागले पहिलो पटक प्राविधिक एसएलसी पूरा गरेका जनशक्ति उत्पादन गरेको छ । उनीहरुलाई माथिल्लो तहमा अध्ययापनाको अवसर उच्च माध्यमिक शिक्षा परिषद्लाई वा सीटीईभीटीलाई दिने भन्नेबारे शिक्षा मन्त्रालयले निर्णय गरिसकेको छैन ।
सञ्जालका अध्यक्ष राम हाडाले उच्च माध्यमिक शिक्षा परिषद्बाटै प्राविधिक तहको कक्षा ११ र १२ को पठन पाठन हुनुपर्ने भनी तीन दिने अल्टिमेटम मन्त्रालयलाई दिइएको जानकारी दिनुभयो ।
आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया