काठमाडौं २१ असार/जिल्ला शिक्षा कार्यालय बाकेकै कर्मचारीको मिलोमतोमा एउटै व्यक्तिद्वारा अनुमति लिएका चार गुरुकुलसहित पाचवटा विद्यालय खारेज भएका छन् ।
बाकेको बासुदेवपुर १ आलानगरका बीरेन्द्र गुप्ताले आफै नाबालक छोराछोरीलाई प्रधानाध्यापक तथा श्रीमती र सम्धीलाई किर्ते कागजात बनाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएर अनुमति लिएको पाइएको हो ।
पुस्पाञ्जली प्रावि बासेदेवपुर १ आलानगर, महाभारत गुरुकुल संस्कृत पाठशाला बासुदेवपुर १ शान्तिनगर, महाभारत गुरुकुल संस्कृत विद्यापीठ सीतापुर ३, के गाउ, महाभारत गुरुकुल संस्कृत पाठशाला बासुदेव ४ मन्निपुर र महाभारत गुरुकुल विद्यापीठ संस्कृत पाठशाला साङगाउ२ बढैयालाई जिल्ला शिक्षा समितिले खारेज गरेको छ ।
गुप्ताले खोलेको रामजानकी प्रासव मनिकापुर ६ प्रमनगरमा एउटा दरबन्दी शिक्षक रहेकाले अर्को विद्यालय समायोजन गर्ने निर्णय भएको शिक्षा अधिकारी भिमबहादुर साउदले बताए ।
५ वटा विद्यालयमा गुप्ता र श्रीमती नन्दकला खड्काको बैक खाता सञ्चालनमा रहेको शिक्षा कार्यालयले जनाएको छ ।
आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ ।
प्रतिक्रिया