Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

कक्षा ११ र १२ मा प्राविधिक पढाई हुने

मंगलबार, २२ असार २०७२

काठमाडौ, २१ असार /  शिक्षा मन्त्रालयले प्लस टुमा प्राविधिक धारबाट अध्ययन गर्न पाउने व्यवस्था गरेको छ ।

मन्त्रालयले सोमबार कक्षा नौ र दश मा प्राविधिक धार अध्ययन गरेका विद्यार्थीलाई १२ कक्षासम्म प्राविधिक बिषय पढन पाउने निर्णय गरेको हो ।

प्रा.टंकनाथ शर्माको संयोजकत्वमा गठिन समितिले दिएको सुझावको आधारमा यस्तो निर्णय भएको  मन्त्रालयको योजना महाशाखा प्रमुख लबदेव अवस्थीले बताए । 'प्राविधिक धारबाट एसएलसी दिएका विद्यार्थी अब कहाँ पढने भन्ने अन्यौल हटेको छ,'उनले भने,'प्लस टु, सीटीइभीटी जता पनि जान पाउने भएका छन् ।'

३ हजार २ सय ५६ विद्यार्थीले प्राविधिक धारबाट एसएलसी दिएका दिएका थिए । मन्त्रालयको निर्णय अनुसार यि विद्यार्थीहरुले अब प्लस टुमा विज्ञान संकाय, प्राविधिक र सीटीइभीटीको तीन बर्षे डिप्लो तह अध्ययन गर्न सक्नेछन ।

प्लस टु तर्फबाट प्राविधिक धारमा अध्ययन गर्दा दुई वर्ष पढनु पर्ने हुन्छ । सीटीइभीटीको डिप्लोमा गर्दा तीन बर्ष लाग्छ । स्नातक तह अध्ययन गर्न प्लस टुको दुई बर्षे कोर्षले मात्रै हुदैन । थप कोर्ष गर्नु पर्ने शर्माको प्रतिवेदनमा औल्याएको छ । तर, सीटीइभीटीको तीन बर्षे डिप्लोमा अध्ययन गरेका विद्यार्थीले भने सहजै उच्च शिक्षा अध्ययनको अवसर पाउछन । उच्च माध्यमिक शिक्षा परिषद्लाई प्राविधिक बिषय पढाउन दिने निर्णयको सीटीइभीटीले बिरोध गर्दै आएको छ । एसएलसीपछिको प्राविधिक बिषय यसअघि सीटीइभीटीले मात्रै अध्ययन गराउदै आएको थियो ।

 इकान्तिपुरबाट 

प्रतिक्रिया