Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

मन्त्रीलाई रिझाउने जिशिअको नौलो शैली

मंगलबार, २२ असार २०७२

काठमाडौं २२ असार /शिक्षा मन्त्री चित्रलेखा यादवलाई रिझाउन धनुषाका जिल्ला शिक्षा अधिकारीले सोलुखुम्बु जिल्ला शिक्षा कार्यालयको सवारी आफनो कार्यालयमा राखेका छन् । 

मन्त्री जिल्ला भ्रमण गर्न जनकपुर आउदा जिल्ला शिक्षा अधिकारी शंकर कार्कीले सोही सवारी साधन मन्त्री र मन्त्री परिवारलाई प्रयोग गर्न दिने गरेका छन् । 

करिब एक वर्षअघि सोलुखुम्बु सरुवा भएर गएका शिक्षा अधिकारी बीरबहादुर खड्काले जिशिकाको गाडी देख्नसमेत पाएका छैनन । उता मन्त्रीको चाकडीका लागि जिल्ला शिक्षा कार्यालय सिराहामा पनि दुई दुई वटा सवारी साधन राखिएको छ । 

शिक्षा मन्त्रीको पदबाहली गरेलगत्तै शिक्षा मन्त्रालयको निर्देशनमा शिक्षा विभागले मन्त्रीकै लागि सिराहामा एउटा नया गाडी पठाएको थियो । 

धनुषाका जिल्ला शिक्षा अधिकारी कार्कीले धनुषाको गाडी पुरानो भएपछि सोलुखुम्बुको गाडी प्रयोग गरिएको बताए । 

आजको नेपाल समाचारपत्र दैनिकमा इश्वरराज ढकालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया