Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

राजधानीका विद्यालय नै पानीको तालमाथि

मंगलबार, २२ असार २०७२

काठमाडौं २२ असार/भूकम्पका कारण भवन चत्किएका विद्यालयमा अस्थायी टहरा बनाएर पढाई नियमित गरिएको दाबी सरकारले गरिरहेको बेला राजधानीर्क सामुदायिक विद्यालयका विद्यार्थी पानीको आहलमाथि बसेर पढन बाध्य छन् । 

भवन भत्किएका अधिकांश विद्यालयको पठनपाठन बर्षा सुरु भएसंगै लथालिंग बनेको छ । 

किताब काकपी च्यापेर विद्यार्थी विद्यालय पुगेपछि पढाईभन्दा पनि कसरी झोला र कपडा जोगाउने भन्ने चिन्तामा पिरोलिने थालेका छन् । 

विद्यार्थीको यस्तो अवस्था नक्सालमा रहेको नन्दी माध्यमिक विद्यालयमा स्पष्ट देख्न सकिन्छ । 

दिउँसो र बेलुका पढाई हुने यो विद्यँलयमा अधिकांश आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिका पढ्न आउछन । आइतबार विद्यालय पुग्दा विद्यार्थी पानीको आहलमाथि राखिएको बेन्चमा बसेर पढिरहेका थिए । केही विद्यार्थी पानीमा खसेको पुस्तक र झोला टकटक्याइरहेका थिए । 

आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डेले यो लेखेका छन् । 

 

प्रतिक्रिया