Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

जानकीमा मन्त्रीको अवरोध

मंगलबार, २२ असार २०७२

काठमाडौं २२ असार/दुई वर्षदेखि शिक्षण अस्पताल र पठनपाठन अबरुद्ध जनकपुरको जानकी मेडिकल कलेजको विद्यार्थी व्यवस्थापनमा पुनः शिक्षा मन्त्रालयले अबरोध गरेको छ । 

सञ्चालकबीच जारी विवाद र कमजोर व्यवस्थापनका कारण कलेजको स्तर ओरालो लागेपछि सम्बन्धन दिने त्रिभुन विश्वविद्यालयले सुरु गरेको विद्यार्थी व्यवस्थापनमा मन्त्रालयले हस्तक्षेप गरेको हो । 

शिक्षा मन्त्रालयलृ पछिल्लो पटक गत १५ गते एक साताभित्र अस्पताल र पठन पाठन गर्न निर्देशन दिएको थियो । तर, कलेज व्यवस्थापन नसकिए पनि मन्त्रालय मौन रहदै आएको थियो । 

शिक्षामन्त्री चित्रलेखा यादवले सोमबार शिक्षा मन्त्रालयमा सर्वपक्षीय बैठक बोलाएर सञ्चालकलाई सहयोग गर्न नियमनकारी निकायहरुसंग आग्रह गरेकी छन् । 

सम्बन्धन दिने, सिट तोक्ने, परीक्षा गर्ने निकाय त्रिविअन्तर्गतको चिकित्सा शास्त्र अध्ययन संस्थान, गुणस्तर कायम गरे नगरेको नियमिन गर्ने नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि समेतलाई बोलाएर मन्त्री यादवले कलेजका लागि सहयोग मागेकी थिइन । 

‘मन्त्रीले आग्रह भन्दै कुनै प्रक्रिया अगाडि नबढाउन निर्देशन दिनभयो,’बैठकमा सहभागि मन्त्रालयका एक अधिकारीले भने,‘चल्नै नसक्ने कलेजप्रति मन्त्रीको किन यति ठूलो सदासयता छ बुझनै सकिएको छैन ।’ 

आजको नागरिक दैनिकमा दीपक दाहालले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया