Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

उच्च माविमा प्राविधिक शिक्षाको कक्षा एक महिना ढिलो हुने

बुधबार, २३ असार २०७२

काठमाडौं २३ असार/प्राविधिक बिषयमा एसएलसी उतिर्ण गरी उच्च माविमा पनि प्राविधिक बिषय पढ्न चाहने विद्यार्थीहरुको पढाई एक महिना ढिलो हुने भएको छ । उच्च माध्यमिक शिक्षा परिषद्लाई प्राविधिक बिषय पढाउने व्यवस्था गर्न शिक्षा मन्त्रालयबाट मंगलबार मात्रै पत्र पठाएपछि पढाई सुरु हुन ढिलाई हुने भएको हो । 

उच्च माध्यमिक शिक्षा परिषद्का सदस्य सचिव नारायण कोइरालाले मन्त्रालयबाट प्राविधिक बिषयमा भर्ना लिन पत्र प्राप्त भएको र अब द्रुत गतिमा पाठ्यक्रम निर्माण, बिषय थपको स्वीकृतलगायतका काम गर्ने बताए । उच्च माविमा साधारणतर्फको कक्षा साउन १६ बाट सुरु हुने र त्यसको झण्डै एक महिनापछि प्राविधिक धारको कक्षा सञ्चालन गर्न सकिे कोइरालाले बताए । 

शिक्षा मन्त्रालयका सहायक प्रवक्ता सरस्वती पोखरेलले सोमबारको बैठकले उच्च् माध्यमिक तहमा पनि प्राविधिक बिषयमा शिक्षा दिने निर्णय भएको जानकारी दिइन । 

‘प्राविधिक बिषय पढाउनका लागि नया स्वीकृति होइन, बिषय थप मात्र गर्छौ,’कोइरालाले भने,‘शैक्षिक बर्ष खेर जान दिदैनौ, हामीले भदौको मध्यबाट काम हुने गरी तयारी गर्ने सोच बनाएका छौ ।’

हाल कक्षा ९ र १० मा प्राविधिक बिषय पढाई भइरहेको विद्यालयमा उच्च माध्यमिक तहमा पनि प्राविधिक बिषयको पढाई हुने उनले बताए । भौतिक पूर्वाधार राम्रो भएको उमाविलाई नै प्राविधिक बिषय थपको स्वीकृति दिने उनको भनाई छ । 

प्राविधिक एसएलसी दिएका विद्यार्थीले सीटीइभीटीको तीन बर्षे डिप्लोमा समेत अध्ययन गर्न सक्छन् । 

आजका् नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया