Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

अझै खुलेन दुई दर्जन विद्यालय

विहीबार, २४ असार २०७२

काठमाडौं २४ असार/भूकम्पले क्षतिग्रस्त बनेका सिन्धुपाल्चोकको दुर्गम भेगका दुई दर्जन विद्यालय अझै सञ्चालन हुन सकेका छैनन । 

पहिरोमा जाने बाटो बन्द भएपछि विद्यालय पूर्ण रुपमा बन्द भएका हुन् । 

विद्यालयमा पठनपाठन सुरु हुन नसक्दा दुर्गम भेगका तीन हजार बालबालिका शिक्षाबाट बञ्चित छन् । निजी क्षेत्रका भने दुई विद्यालय मात्र बन्द छन् । मानसरोवर बोडिङ स्कूल तातोपानी र ब्लेस इङलिस स्कूल फुल्पिङकट्टी भूकम्पपछि बन्द रहका निजी क्षेत्रका दुई विद्यालय हुन् । 

दुई बोर्डिङमा अध्ययन गर्ने तीन सय विद्यार्थीमध्ये आधाजसो राजधानी गएर विभिन्न विद्यालयमा भर्ना भएका छन् । पहुच नहुने आधा बालबालिकाले पढ्न पाएका छैनन । 

दुर्गम क्षेत्रका २० सामुदायिक विद्यालय सञ्चालन नहुदा २५ सय भन्दा बढी बालबालिकाले शिक्षा पाउन सकेका छैनन । 

आजको नया पत्रिका दैनिकमा रामकृष्ण थापाले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया