Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

अभिभावक र घर गुमाएकालाई प्स टु निःशुल्क

विहीबार, २४ असार २०७२

काठमाडौं २४ असार/उच्च माध्यमिक शिक्षा परिषद्ले भूकम्प पीडित सबै विद्यार्थीलाई कक्षा ११ र १२ मा छात्रबृति दिने भएको छ । घरपायक नभएक विद्यार्थीलाई प्लस टुमा आवाससहितको छात्रबृति दिइने जानकारी परिषद्का अधिकारीले दिएका छन् । 

परिषद्को बैठकले भूकम्पबाट अभिभावक, आमा बुबा र घर गुमाएका तथा घाइते भएका विद्यार्थीको लागि कक्षा ११ र १२ निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो । 

‘भूकम्प पीडितको प्रमाणपत्र पेश गर्ने सबैलाई छात्रबृति दिन लागेका छौ,’परिषद्का सम्बन्धन महाशाखा प्रमुख गोबिन्द खनियाले भने । 

छात्रबृतिको निवेदन दिने अवधि शुक्रबारसम्म मात्रै छ । यसका लागि गाबिस वा नगरपालिकाको वडा कार्यायलबाट सिफारिस, विद्यालयको सिफारिस, जिल्ला दैवी प्रकोप उद्धार समितिले क्षतिको वर्गिकरण गरेको प्रमाणित सिफारिस आवश्यक पर्ने खनियाले बताए । परिषद्मा पेश गरेको प्रमाणको आधारमा आवास सुविधासमेत उपलब्ध गराएर निःशुल्क अध्ययनका लागि गरिने परिषद्ले जनाएको छ । 

प्रावधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सीटीइभीटीले पनि प्लस टुमा प्राविधिक शिक्षा अध्ययन गर्न छात्रबृतिको व्यवस्था गरेको जनाएको छ । 

आजको कान्तिपुर दैनिकमा मकर श्रेष्ठले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया