Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

ट्रमा व्यवस्थापन पढाउने त्रिविको तयारी

विहीबार, २४ असार २०७२

काठमाडौं २४ असार /त्रिभुवन विश्वविद्यालयले ट्रमा इमरजेन्सी एण्ड डिजास्टर म्यानेजमेन्ट बिषय पढाउन भारतको आसाम डाउनटाउन विश्वविद्यालयसंग छलफल अघि बढाएको छ । उक्त बिषयको पढाईबारे बुझन त्रिवि पदाधिकारी टोलीले गुवाहटी भम्रण गरेको छ । 

आसाम डाउनटाउन विश्वविद्यायलमा सञ्चालित ब्याचलर इन ट्रमा इमरजेन्सी एन्ड डिजास्टर म्यानेमेन्ट कार्यक्रम ल्याउन त्रिविले चासो दिएको हो । 

त्रिविले यो कार्यक्रम दुई विश्वविद्यालय बीच सहकार्य गरी पढाउन थालिएको हो । यो तीन बर्षे कोर्ष हो । ‘कोर्ष राम्रो रहेछ, त्रिविले पनि पढाउन खोजेका छौ,’त्रिवि अन्तराष्ट्रिय सम्बन्ध बिस्तार केन्द्रका प्रमुख बालमुकुन्द भण्डारीले भने,‘कोर्षबारे जानकारी लियौ ।’ 

आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।  

 

प्रतिक्रिया