Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

अस्थायी शिक्षकलाई स्थायीसरह अवकास सुविधा

शुक्रबार, २५ असार २०७२

काठमाडौं २५ असार /लामो समयसम्म अस्थायी पदमा काम गरी उमेर हदका कारण अवकास पाउने शिक्षकहरुलाई पनि स्थायी शिक्षकसरह सुविधा दिन प्रस्ताव गरिएको छ । 

शिक्षा ऐन संसोधनसम्बन्धी विद्येयकमा यस्तो प्रस्ताव गरिएको हो । 

शिक्षा मन्त्रालय, शिक्षक सेवा आयोग र मातहतका निकायबीच समझदारी गरेर यस्तो प्रस्ताव गरिएको हो । हाल प्रचलनमा रहेको शिक्षा ऐनमा अस्थायी शिक्षकलाई अवकासपछि सेवा सुविधा दिने व्यवस्था गरिए पनि कस्तो सुविधा दिने भन्ने स्पष्ट व्यवस्या नभएका कारण अस्थायी शिक्षक अवकाशपछि खाली हात घर फर्कनुपर्ने अवस्था छ । 

ऐन संशोसनपछि विधेयकमा अस्थायी शिक्षकले जतिबेला अवकास लिन चाहे पनि उनीहरुको सेवा अवधि गणना गरेर स्थायीले पाउने उपदान सरहको सुविधा दिन प्रस्ताव गरिएको शिक्षक सेवा आयोगका प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए । 

उनका अनुसार उमेर हदका कारण अवकास भएमा वा शिक्षकले स्वच्छिक अवकास लिन चाहेमा पनि स्थायीसरह सुविधा पाउनेछन् । 

शिक्षा मन्त्रालयका अनुसार हाल मुलुकभर दरबन्दीमा कार्यरत अस्थायी १५ हजारको हाराहारीमा शिक्षक छन् । शिक्षा ऐन संशोसुनसम्बन्धि बिधेयक अहिले छलफलका लागि कानुन मन्त्रालयमा पठाइएको छ । कानुन मन्त्रालयले आवश्यक सुझाव सहित फेरी शिक्षा मन्त्रालय फिर्ता पठाउनेछ । 

आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डेले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया