Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

भत्केको विद्यालय बनाउन दाताको १८ अर्ब

शुक्रबार, २५ असार २०७२

काठमाडौं २५ असार /भूकम्पबाट ध्वस्त विद्यालय निर्माणका लागि दातृ निकायले १८ अर्बभन्दा बढी सहयोग गर्ने भएको छ । केही नेपाली संस्थाले पनि विद्यालय निर्माण गर्न सम्झौता गरेका छन् । 

एसियाली विकास बैक र जाइकाले विद्यालय भवन निर्माणका लागि झण्डै सवा १८ अर्ब दिने प्रतिबद्धता जनाएका छन् । मन्त्राका बैदेशिक समन्वय शाखा प्रमुख दीपक शर्माका अनुसार एडीबीले आठ अर्ब२० करोड, जाइकाले १० अर्ब दिने प्रतिबद्धता जनाएका छन् । 

पुननिर्माण प्राधिकरणमार्फत विद्यालयहरु निर्माण गरिनेछन् । जाइका र एडीबीले विद्यालय पुननिर्माणका लागि तीन बर्षे योजना बनाइरहेका छन् । उनीहरुले पोष्ट डिजास्टर निडका लागि सहयोग गर्ने जनाएका हुन् ।

सम्झौताका लागि अर्थ मन्त्रालयमा छलफल भइरहेको शर्माले बताए । 

औपचारिक रुपमा एडीबीले दुई र जाइकाले दुई सय ५० विद्यालय बनाउने भनेको छ । तर, सरकारले तोकेको मापदण्ड, प्राथमिक, निम्न माध्यमिक वा माध्यमिक कुन विद्यालय बनाउने भन्ने कुराले विद्यालयको संख्या फरक पर्न सक्ने शर्माले बताए । 

उद्योग बाणिज्य महासंघले भूकम्व प्रभावित १४ जिल्लाका प्राथमिक तहको एक सय ४० विद्यालय बनाइदिने सम्झौता भएको महानिर्देशक डिल्ली रिमालले बताए । 

आजको नया पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया