काठमाडौं २५ असार/चालू आर्थिक बर्षमा शिक्षा मन्त्री चित्रलेखा यादवले सरकारी खर्चमा विदेश भ्रमण गरेकी छिन् । भ्रमण खर्च भुक्तानीका लागि अर्थ मन्त्रालयल शिक्षा मन्त्रालयलाई निकासा दिएको छ । गत साउनदेखि जेठसम्म प्राप्त भएको खर्चको भुक्तानी गर्न निकासा दिएको अर्थ मन्त्रालयले जनाएको छ ।
नया पत्रिका दैनिकमा छापिएको समाचार अनुसार शिक्षा मन्त्री चित्रलेखा यादवले शिक्षा सम्बन्धी जापानमा भएको युनेस्कोको विश्व सम्मेलनमा भाग लिन जादा एक लाख २८ हजार एक सय २८ रुपैया खर्च गरेकी छिन् ।
भारतमा भएको कार्यक्रममा जादा तीन लाख एक हजार २८ र थाइल्याण्डको बैककमा भएको एसिया प्यासिफिक शिक्षा सम्मेलनमा जादा तीन लाख एक हजार सात सय ९४ रुपैया खर्च गरेकी छिन् । उनले यस आर्थिक बर्षमा सात लाख ३० हजार नौ सय ५० खर्चको भुक्तानीका लागि निकासा भएको अर्थले जनाएको छ ।
प्रतिक्रिया