Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

७१ उच्च मावि खारेज हुदै

शनिबार, २६ असार २०७२

काठमाडौं २६ असार/उच्च माध्यमिक शिक्षा परिषद्ले विनासम्बन्धन सञ्चालित उच्च माध्यमिक विद्यालय खारेज गर्ने तयारी गरेको छ । 

परिषद्ले दुई साता अघि नै तीन वर्ष वा सो भन्दा बढी समयदेखि सञ्चालनमा नभएका ७१ उच्च माध्यमिक विद्यायललाई स्पष्टीकरण सोधेको थियो । उनीहरुको जवाफ पठाइसकेकाले केही दिनमै खारेजीको टुङगो लाग्नेछ । 

उच्च् माध्यमिक शिक्षा परिषद् शिक्षा परिषद्का उपाध्यक्ष चैतन्य शर्माले कलेजहरुले डकुमेन्ट पठाइसकेकाले केही दिनकै खारेजीको टुङगो लाग्ने बताए । परिषद्ले दिएको म्याद दुई अघि नै सकिएको हो । 

लामो समयदेखि बिना सम्बन्धन कलेजहरुले आफूखुसी विद्यार्थी भर्ना लिदै आएका थिए । परिषद्को सम्बन्धन नलिई देशभरी ७१ भन्दा बढी विद्यार्थी सञ्चालनमा रहेको परिषद्को भनाई छ । 

सरकारी निकायलाई समेत वेवास्ता गर्दै आफुखुसी कलेज चलाउनेदेखि सामुदायिक विद्यालयमा निजी कलेजहरु सञ्चालन हुदै आएका छन् । 

परिषद्ले सामुदायिक विद्यालयको कक्षा प्रयोग गरी अनधिकृत रुपमा निजी कलेज सञ्चालन गर्नेहरुको समेत विवरण संकलन थालेको जनाएको छ । 

उपत्यका र जिल्लामा समेत यस्तो अनियमितता देखिएको भन्दै परिषद्ले चाडै यस्ता कलेज सञ्चालक पनि कारबाहीको दायरामा पर्ने जनाएको छ । 

कारबाहीको लागि परिषद्ले आन्तरिक अध्ययन सुरु गरेको छ । परिषद्का अनुसार उपत्यकामा सञ्चालित यस्ता अधिकांश कलेजको पहिचान भइसकेको छ । 

आजको राजधानी दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया