Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

सामाजिक बिषयको परीक्षा स्थगित

आइतबार, २७ असार २०७२

काठमाडौं २७ असार/शिक्षक सेवा आयोगले लिइरहेको माध्यमिक र निम्न माध्यमिक तहका शिक्षकको लिखित परीक्षा अन्तर्गत शनिबारको सामाजिक बिषयको परीक्षा स्थगित भएको छ । 

सदरमुकाम घोराहीस्थित जनज्योति विद्या मन्दिरमा रहेको परीक्षा केन्द्रको परीक्षा स्थगित भएको हो । 

जिल्ला शिक्षा कार्यालय दाङका परीक्षा शाखा प्रमुख बासुदेव लामिछानेका अनुसार जनज्योति विद्यँमन्दिर परीक्षा केन्द्रमा शनिबार ११ बजेदेखि निम्न माध्यमिकतर्फको सामाजिक बिषयको परीक्षा प्रश्नपत्र भेटिएको थियो । प्रश्नपत्रमा बाहिर सामाजिक लेखिएतापनि भित्र धेरै संख्यामा अंग्रेजी बिषयको प्रश्नपत्र भेटिएको थियो ।  फोटोकपी गरेर परीक्षा सञ्चालन गर्ने तयारी भइरहदा करिब आधा घण्टा बितेपछि विद्यार्थीहरु नाराबाजीमा उत्रिएका थिए । 

परीक्षार्थीहरुले शिक्षा सेवा आयोग बिरुद्ध नाराबाजी गर्न थालेपछि धेरैबेरसम्म तनाब उत्पन्न भएको थियो । परीक्षार्थीले भने प्रश्नपत्र पहिल्यै आउट गरेकाले प्रश्न अपुग भएको र फोटोकपी गर्दा समयमा परीक्षा सुरु गर्न नसकेको आरोप लगाएका छन् । ६ सय परीक्षार्थी रहेको केन्द्रमा अर्को सूचना नभएसम्म स्थगित भएको शिक्षा कार्यालयले जनाएके छ । 

दाङमा राप्तीका पाचै जिल्लाका शिक्षकले सदरमुकाम दाङ आएर स्थायी शिक्षकका  लागि शिक्षा सेवा आयोगको परीक्षा दिइरहेका छन् । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया