Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षक आयोग परीक्षामा लापरबाही

सोमबार, २८ असार २०७२

एउटै रोलनम्बरका दुई परीक्षार्थी

काठमाडौं २८ असार शिक्षक सेवा आयोगले सञ्चालन गरेको निमावि तहको परीक्षामा एउटै रोलनम्बरबाट दुई जनाले परीक्षा दिएका छन् । 

पश्चिमाञ्चल विकास क्षेत्रको बुटबलबाट निमावि तहमा खुला र महिला कोटाबाट परीक्षा दिएका आकृति पाण्डे र गीता अर्यालको एउटै नम्बरबाट परीक्षा लिएको पाइएको हो । 

दुबै परीक्षार्थीले परीक्षा सकिएपछि मात्रै एउटै रोलनम्बर भएको जानकारी पाएका थिए ।

निमाविका हकमा पाण्डे र अर्यायल दुबै जनाले ११२०२०२७३ रोलनम्बरबाट परीक्षा दिएका हुन् ।  शिक्षक सेवा आयोगले एउटै नम्बर दिएपछि परीक्षार्थी समेत अन्यौलमा परेका छन् । 

दुबै परीक्षार्थीको एउटै तह, एउटै समूह र एउटै विज्ञापन नम्बर रहेको छ । शनिबार रुपन्देहीको सैनामैना उच्च मावि परीक्षा केन्द्रमा अंग्रेजी बिषयको परीक्षा सकेपछि उनीहरुको एउटै नम्बर भएको जानकारी पाएका हुन् । 

पाण्डे अर्घाखाचीको मोरङ गाबिस र अर्यायल कपिलबस्तुको बाणगंगा नगरपालिकाका बासिन्दा हुन् । 

रोलनम्बर दोहोरिनु सामान्य त्रुटी भएको र यसले परीक्षार्थीलाई कुनै समस्या नपर्ने शिक्षक सेवा आयोगका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीराम पौडेलले बताए । 

आजको नया पत्रिका दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया