Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विद्यालय पुननिर्माणको आएको बजेट फिर्ता

सोमबार, २८ असार २०७२

काठमाडौं २८ असार/भूकम्पले क्षति भएको झण्डै ४० विद्यालयले अझै पनि पालमा कक्षा सञ्चालन गरिरहे पनि विद्यालय पुननिर्माणका लागि आएको ३१  लाख रुपैया भने फिर्ता जाने भएको छ । 

बैशाख १२ को भूकम्प र त्यसपछिको पराकम्पनका कारण पाचथरमा एक सय ७३ विद्यालयमा क्षति पुगेको छ । 

सरकारले आर्थिक बर्ष सकिनै लाग्दा भूकम्पमा परेको विद्यालयको पुननिर्माणमा खर्च गर्न सो रकम पाएको हो । तर, प्रमख जिल्ला अधिकारी अध्यक्ष रहेन विपत वयवस्थापन समितिले बजेट खर्च गर्ने अधिकार जिल्ला शिक्षा अधिकारी वा जिल्ला शिक्षा समितिलाई नदिएपछि फिर्ता जान लागेको हो । जिल्ला शिक्षाले बिपत् व्यवस्थापन समितिको निर्णयअनुसार मात्र बजेट खर्च गर्न पाउछ । 

विद्यालय निर्माणका लागि बजेट आएपछि विपत व्यवस्थापन समितिको बैठक समेत राखिएको थियो । तर, के कारणले शिक्षा कार्यालय वा शिक्षा समितिलाई बजेट खर्च दिइएन भन्ने कुरा जिल्ला प्रशासनले बताउन चाहेन । ‘रकम खर्च गर्न असार समान्तसम्म चेक काटिसक्नु पर्ने हुन्छ,’जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालले भने,‘त्यो अब बैठक बसेर सम्भव देखिएन ।’ 

रकम फ्रिज हुनुमा जिल्ला दैवी प्रकोप उद्धार समितिले शिक्षा कार्यालयलाई सहयोग नगर्नु नै नभएको शिक्षा स्रोतको दाबी छ । 

आजको नया पत्रिकामा दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया