Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

मनोमानी असुल्दै निजी विद्यालय

मंगलबार, २९ असार २०७२

काठमाडौ २९ असार/उपत्यकाका निजी विद्यालय सरकारको ऐन निमय मिचेर अभिभावकसंग मनोमानी शुल्क लिइरहेको पुष्टि भएको छ । आइतबार शिक्षा मन्त्रालय, विभागमा केन्द्रीय शुल्क व्यवस्थापन तथा अनुगमन समितिको बैठकमा उपसमितिले सार्वजनिक गरेको निजी विद्यालयको अनुगमन प्रतिवेदनमा उपत्यकाका निजी विद्यायलले शिक्षा ऐननिमय विपरीत शुल्क असुली गरेको देखाइएको हो । बैठकमा विभागका उपनिर्देशक तथा उपसमितिका सदस्य सचिव बलबहादुर कार्कीले प्रस्तुत गरेको अनुगमन प्रतिवेदनमा उपत्यकाका निजी विद्यालयले नया शैक्षिक सत्रमा अभिभावकसंग मनपरी शुल्क असुली गरेको, जिल्ला शिक्षा कार्यालयको शुल्क प्रस्ताव स्वीकृति बिनै अराजक तरिकाले शिक्षा ऐनमै नरहेको शीर्षकमा शुल्क असुली गरेको देखिएको छ । 

यसैगरी गत बर्ष नै अख्तियारले देशभरीका निजी विद्यँलयलाई विद्यालयको शुल्क विवरणसहितको सुची सार्वजनिक सूचना पाटीमा राख्न निदेशन दिएको थियो । तर, त्यसको कुनै पनि स्कूलले पालना नगरेको उपनिर्देशक कार्कीले जनाए । ‘हाम्रो उपसमितिले काठमाडौं ६, ललितपुरको ५ र भक्तपुरको ५ वटा विद्यालयलाई छनौट गरी नमुना अनुगमन गरेका थियौ,’उनले भने,‘अनुगमन गरिएका सबै स्कूलले शिक्षा ऐन नियम पालना नगरेको, मनपरी शुल्क असुली गरेको पाइयो ।’

उनका अनुसार केन्द्रीय शुल्क व्यवस्थापन तथा अनुगमन समितिको आइतबारको निर्णय अनुसार उपत्यकाका तीन जिल्लाका साथै देशभरीका जिल्ला शिक्षा कार्यालयलाई ऐन नियम पालना नगरेका स्कूललाई कारबाही गर्न निर्देशन दिइएको छ । 

आजको नागरिक दैनिकमा रुबी रौनियारले यो खबर लेखेकी छिन् । 

 

प्रतिक्रिया