Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

उपकुलपति बन्न दौडधुप

मंगलबार, २९ असार २०७२

काठमाडौं २९ असार /त्रिभुवन विश्वविद्यालयका उपकुलपति हिराबहादुर महर्जनको कार्यकाल एक महिना बाकी रहदा कांग्रेसनिकट प्रँध्यापकहरुले दौडधुप सुरु गरेका छन् । 

यस पटक प्रधानमन्त्री र शिक्षामन्त्री दुबै कांग्रेसबाट भएकाले पार्टी निकट प्राध्यापक दौडमा लागेका हुन् । 

पार्टीभित्रै र त्रिविमा कांग्रेस कोटाबाट गएका रेक्टर गसणनिधी न्यौपानेको चर्चा सबैभन्दा अगाडि छ । पहिले प्रधानमन्त्री सुशील कोइरालाकै सिफारिसमा रेक्टर बनेका उनको सम्भावना बलियो बनेको हो । प्रधानमन्त्री कोइरालासंगै उनी निटकटका नेताकहाँ न्यौपानेको दोडधुप बढेको छ । 

उच्च माध्यमिक शिक्षा परिषद्का पूर्व उपाध्यक्ष समेत रहेका प्राध्यापक तीर्थ खनियाको पनि उपकुलपतिमा चर्चा छ । ‘बलिया प्रोफाइल  र कोइराला पक्षधरसंग निकटतम सम्बन्धनका कारण नलाई बलियो उम्मेदवारको रुपमा लिइएको हो । 

त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोबिन्द पोखरेल र पूर्वमुख्य सचिव बसन्त गौतम पनि दौडमा छन् । 

प्राध्यापकहरु डा. यज्ञ अधिकारी, कुलप्रसाद कोइराला, बासु घिमिरे कांग्रेस कोटाबाट उपकुलपति बन्ने ध्याउन्नमा छन् । 

पूर्व सहमति अनुसार एमोलेले रेक्टर र एमाओबादीले रजिष्टार पाउदै छन् । 

आजको राजधानी दैनिकमा सञ्चिता घिमिरेले यो खबर लेखेका छिन् । 

 

प्रतिक्रिया