Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

विदेशी विद्यार्थीप्रति बेलायत झनै कठोर

मंगलबार, २९ असार २०७२

काठमाडौं २९ असार /युरोपेली मुलुकबाहेकका विद्यार्थी प्रत्यक्ष प्रभावित हुने गरी बेलायत सरकारले नया अध्यागमन नियम प्रस्ताव गरेको छ । जसअुनसार अध्ययन सकिनाथ स्वदेश फर्किनु पर्नेछ । 

यसअघि विद्यार्थीले वर्क परमिट भिसा लिएर काम गर्दै आएका थिए । 

बेलायती अखबार डेली मेलका अनुसार गृहमन्त्री टेरेजा मेले अगाडि बढाएको उक्त नियमले कोर्स सकाएपछि विद्यार्थीलाई काम गर्ने अधिकारबाट बञ्चित गर्नेछ । 

एक सरकारी तथ्याङक अनुसार बर्ष दिनमा आएका एक लाख २१ हजार विदेशी विद्यार्थीमध्ये ५१ हजार मात्र फर्किएका थिए । सन २०२० सम्म प्रतिबर्ष ६ प्रतिशतभन्दा बढीले विदेशी विद्यार्थी बृद्धि हुने सरकारी अनुमान छ । 

बेलायतमै पलायन हुने विद्यार्थीप्रति अनुदार देखिएको सरकारले हालसम्म ८ सय ७० नक्कली कलेजका लाइसेन्स खारेज गरिसकको छ । ति कलेजलाई विदेशी विद्यार्थी ल्याउन पनि प्रतिबद्ध लगाइएको छ । 

साताभित्रै कार्यान्वयनमा आउने उक्त नियमले मुलुकको शैक्षिक क्षेत्र ध्वस्त पार्ने चेतावनी विश्वविद्यायलले दिएका छन् । त्यसबाट नेपाली विद्यार्थीसमेत प्रभावित हुनेछन् । 

आजको कान्तिपुर दैनिकमा नविन पोखरेलले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया