Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शैक्षिक सुधार अभियानमा पूर्वमन्त्री

मंगलबार, २९ असार २०७२

काठमाडौ २९ असार/भूमि सुधार तथा व्यवस्था पूर्वमन्त्री भीमप्रसाद गौतम जिल्लाका सामुदायिक विद्यालयको गुणस्तर सुधार अभियानमा जुटेका छन् । 

उनले सामुदायिक विद्यालयको शैक्षिक व्यवस्थापनका लागि साझा अभियान मार्फत जिल्लामा शैक्षिक सुधार मार्फत जिल्लामा अभियान सुरु गरेको हो । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि जुटेको बन्दीपुर १ डुम्रे निवासी पूर्वमन्त्री गौतमले बताए । गोठादी, काहु, देवघाट र केशवटारबाहेक १३ वटा स्रोतकेन्द्रमा शैक्षिक सुधारका लागि अभिभावक, विद्यार्थी र शिक्षकसंग छलफल र अन्तरक्रिया गरिएको उनले बताए । 

छलफलको क्रममा विद्यालय समयमा मदिरा सेवन गरी आउने २१ जना शिक्षकलाई कारबाही गर्न माग गरेको उनले बताए । 

सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले मेहनत कम गर्ने, अभिभावक र विद्यार्थी स्वंयमा निजी विद्यालयतर्फ आकर्षण बढनु र जिल्ला शिक्षा कार्यालयबाट समेत फितलो अनुगमन हुने गरेकाले विद्यालयको गुणस्तर सुध्रन नसकेको गौतमले बताए । 

आजको कान्तिपुर दैनिकमा पूर्ण बिकले यो खबर लेखेका छन् ।  

 

प्रतिक्रिया