Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

बजेटले अस्थायी शिक्षक खुसी

शुक्रबार, ०१ साउन २०७२

काठमाडौं १ साउन/अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक दिएर बिदाई गर्न बजेट बिनियोजन गरिएकाप्रति अस्थायी शिक्षक संघर्ष समितिले स्वागत गरेको छ ।

समितिका महासचिव नारायाण गौतमले सरकारको यो निर्णय धेरै अस्थायी शिक्षकका समस्या समाधान भई योग्य र दक्ष युवा जनशक्ति शिक्षण पेशामा लाग्न थप बाटो खुलेको बताए । उनले अब लामो समयदेखि सामुदायिक विद्यालयमा अस्थायी रुपमा कार्यरत शिक्षक रित्तो हात फर्कन नपर्ने बताए ।

बजेट मार्फत अस्थायी शिक्षकलाई गोल्डेन ह्याण्डसेक दिएर बिदा दिन बजेट बिनियोजन गरे पनि ऐन संसोधन नभई उक्त व्यवस्था कार्यान्वयन हुन कठिनाई पर्ने समितिको ठहर छ । 

आजको अन्नपूर्ण दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया