Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

निजामती सन्तति छात्रबृतिमा चरम लापरबाही

शुक्रबार, ०१ साउन २०७२

काठमाडौं १ साउन/निजामती कर्मचारीका सन्तति छात्रबृतिमा चरम लापरबाही भएको तथ्य फेला परेको छ ।  सामान्य प्रशासन मन्त्रालयद्वारा कर्मचारीका सन्ततिलाई प्रत्येक बर्ष प्रदान गरिने चिकित्सा शास्त्र अध्ययन समूहका लागि वितरण गरिने छात्रबृतिमा चरम लापरबाही भएको पाइएको हो । 

मन्त्रालयले गत जेठ २८ मा प्रशासन गरेको नतिजा यसअघि नै छात्रबृति लिइसकेका कर्मचारीका छोराछोरालाई पुनः सिफारिस गरेको उजुरी छानबिनपछि २८ हसारमा प्रशासन भएको अर्को नतिजाले सो तथ्य बाहिर ल्याएको हो । 

महालेखा परीक्षक कार्यालयका लेखा अधिकृत शालिकराम घिमिरे, जिल्ला जनस्वास्थ्य कार्यालय धादिङका लेखा अधिकृत लावण्यकुमार पोखरेल, चितवन राष्ट्रिय निकुन्जका सहायक संरक्षण अधिकृत चन्द्रशेखर चौधरीका छोरा प्रशान्त चौधरी, जिल्ला जनस्वास्थ्य निरिक्षकको दुर्गादास उलकका छोरा निष्ठा उलकले शिक्षा मन्त्रालयको सरकारी छात्रबृतिमा पढ्दै गरेका भएपनि मन्त्रालयले पुनः छात्रबृतिका लागि सिफारिस गरेको छ । 

आजको राजधानी दैनिकमा टपेन्द्र कार्कीले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया