Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

जिल्ला फर्कदै प्लस टुका विद्यार्थी

शुक्रबार, ०१ साउन २०७२

काठमाडौ १ साउन /राजधानीका प्लसमा उच्च शिक्षा अध्ययन गर्न चाहने उपत्यका बाहिरका विद्यार्थी अहिले धमाधम आफनै गृह जिल्ला तिरै फर्कन थालेका छन् । 

विभिन्न सहर र जिल्लाका विद्यार्थीले एसएलसी दिएलगत्तै काठमाडौं आएर ब्रिजकोर्ष लगायत तयारी गरेका थिए । कतिपयले राजधानीका कहलिएका कलेजमा नाम निकाले पनि भर्ना नगरी गृह जिल्लातिरै फर्कन थालेका हुन् । 

एसएलसीमा बिशिष्ट श्रेणीमा उतिर्ण जनकपुरका सन्तोष साहले तीनकुनेको पेन्टागन कलेजको विज्ञान संकायमा नाम निकाले । तर, उनको परिवार अभैm भूकम्पबाट त्रसित भएकाले उनी परिवारको भनाई अनुसार जनकपुर नै फर्कन लागेका छन् । 

‘मैले पेन्टागनमा नाम निकाले,’उनले भने,बुबा यहाँ पढाउने सहमत भए पनि भूकम्पबाट त्रसित ममीका कारण म जनकपुर नै फर्कनु पर्ने भयो ।’ 

बिगतमा उपत्यका बाहिरका विद्यार्थीको उच्च शिक्षा अध्ययनका लागि पहिलो रोजाई पर्ने काठमाडौंका प्लस टु कलेज नै बन्ने गरेका थिए । तर, बैशाख १२ र २९ को भूकम्पपछि अभिभावक र विद्यार्थीमा त्रास अझै कायमै छ । भूकम्प र निरन्तरका कम्पनका कारण यस वर्ष उपत्यका बाहिरका विद्यार्थी प्लस टु अध्ययन गर्न गर्न जिल्लातिरै फर्कन थालेका छन् । 

उच्च माध्यमिक विद्यालय सञ्चालक संघ हिसाका उपाध्यक्ष रमेश सिलवालका अनुसार यस वर्ष उपत्यकाका निजी प्लस टु मा विद्यार्थी भर्ना १५ प्रतिशत घटेको छ । उपत्यकापछि उपत्यकामा सुरक्षित डेरा नपाएपछि आफनै गाउमा पढ्न थालेका छन् । 

आजको नागरिक दैनिकमा रुबी रौनियारले यो खबर लेखेकी छिन । 

 

प्रतिक्रिया