Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

कर्णमाथि अभ्रद्र व्यवहार गर्नेलाई दुई बर्ष निष्कासन

शनिबार, ०२ साउन २०७२

काठमाडौं २ साउन/नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष तथा सभाषद् रञ्चित कर्णमाथि अभद्र व्यवहासर गर्ने ११ जना विद्यार्थी नेतालाई दुई बर्षका लागि निस्कासन गरेको छ । 

सो आरोपमा विद्यार्थी नेता कुन्दन काफले लगायत ११ जनालाई अगामी दुई बर्षका लागि संघबाट निस्कासन गरिएको हो । निष्कासनमा पर्नेमा नवराज त्रिपाठी, शशाङकश्री न्यौपाने, आशेष श्रेष्ठ, आनन्दश्री न्यौपाने, बिमल पराजुली, निशेष खड्का, समदुर बराल, रुपेश सुबेदी, जीवन खत्री लगायतका रहेको सङ्घका शिव रिमालले जानकारी दिए । 

सङ्का केन्द्रीय अध्यक्षमाथि कालो मोसो दल्ने लगायतका अमार्यादित कार्य गरेर संङगठनमा अस्थिरता मच्चाउन खोजिएका कारण कारबाही गरिएको उनले बताए । घटनामा संलग्न विद्यार्थीाई पार्टीबाट पनि कारबाही गर्न सिफारिस गरिएको रिमालले बताए । 

आजको गोरखापत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया