Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शिक्षकहरु पेशागत आचारणमा नरहेको स्वीकार

शनिबार, ०२ साउन २०७२

 काठमाडौं २ साउन/शिक्षकले आफनो पेशागत जिम्मेवारी निर्वाह गर्नभन्दा बाहिरी क्रियाकलापमा सक्रिय हुदा शैक्षिकस्तर खस्किदै गएको सरोकारवालाले बताएका छन् । 

जिल्ला शिक्षा कार्यालय लमजुङको विद्यालय शिक्षाको वर्तमान अवस्था र कार्यदिशा बिषय सुन्दरबजार नगरपालिकाको भोटेओडारमा भएको कार्यक्रममा सहभागिहरुले शिक्षकहरु पेशागत आचारण भन्दा बाहिर गएर र कसैबाट पनि नियन्त्रण गर्न नसकिएको कार्यपत्र पुस्तुत गरिएबाट सो पुष्टि भएको हो । 

शिक्षकको नियमनकारी निकाय मानिने जिल्ला शिक्षा कार्यालयका शिक्ष अधिकारी सुरेन्द्रराज पराजुलीले प्रस्तुत गरेको कार्यपत्रमा बहालवाला शिक्षकहरु नै कानुनले तोकेभन्दा बाहेकका सार्वजनिक संयन्त्रमा क्रियासिल रहेन, पत्रकारिता, गैह्रसरकारी संस्था, सहकारी जस्ता पेशागत आचारण बाहेकका क्षेत्रमा संल्ग्नचा देखाउने तथा पूर्णकालिन श्रपमा शैक्षिक संस्थाहरुमा कार्यरत रहने गरेको कार्यपत्रमा उल्लखे गरेका छन् । राजनीतिक हस्तक्षेप प्रमुख कारण रहेको उनले बताए । 

आजको नेपाल समाचारपत्र दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया