Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

एक दशकपछि उमाविमा पाठ्यक्रम परिवर्तन

आइतबार, ०३ साउन २०७२

काठमाडौं ३ साउन/उच्च माध्यमिक तहका चार बिषयको पाठ्यक्रम परिवर्तन हुने भएको छ । एक दश नपुगेका चार बिषयको पाठ्यक्रम परिमार्जन गर्न लागे पनि झण्डै २० वर्ष पुग्न लागेको अंग्रेजी बिषय परिमार्जनको सूचीमा परेको छैन । 

उच्च माध्यमिक शिक्षा परिषद्ले अर्थशास्त्र, आमसञ्चार, फिजिकल एजुकेशन, जनसंख्या बिषयको पाठ्यक्रम परिमार्जन गर्न लागेको हो । 

परिमार्जित पाठ््यक्रम स्वीकृतिका लागि शिक्षा मन्त्रालयमा पुगेको छ । स्पोर्टस साइन्स र जनरल ल जस्ता नया बिषय पनि उमाविले ल्याउन लागेको छ । 

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले बिषयगत समितिसंग कुरा गरेर आवश्यकता अनुसार पाठ्यक्रम  परिमार्जन गर्न लागेको बताए । 

मन्त्रालयमा स्वीकृतिको क्रममा रहेको बिषयको नया पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि कार्यान्वयनमा आउने शर्माले बताए । 

आजको नया पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया