Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

शैक्षिक गुणस्तर बढाउन बजेट खोई ?

आइतबार, ०३ साउन २०७२

काठमाडौं ३ साउन /यसवर्ष सरकारले शिक्षा क्षेत्रका लागि कुल बजेटको १२ प्रतिशत रकम छुट्याएपनि शैक्षिक गुणस्तर बृद्धि लगायत कार्यका लागि भने कुनै रकम बिनियोजन गरेको छैन । 

यस वर्षको शिक्षा बजेटको ७० प्रतिशत रकम शिक्षक कर्मचारीको तलबमा नै खर्च हुन्छ । बाकी रकम विकास निर्माणमा हुन्छ । 

शिक्षा बजेटको ठूलो रकम शिक्षकको तलबमा खर्च भएपनि विद्यालयको सिकाईको स्तर बढ्न सकेको छैन । त्यसैगरी बजेटमा शैक्षिक गुणस्तर अभिबृद्धि गर्ने उल्लेख हुने गरे पनि त्यसका लागि कार्यक्रम र बजेट बिनियोजन नगरिदा सार्वजनिक विद्यँलयमा शैक्षिकस्तरमा कुनै सुधार नभएको सरोकारवालाले औल्याएका छन् । 

शिक्षा मन्त्रालयका अधिकारी समेत गुणस्तर अभिबृद्धिका लागि रकम बिनियोजन नभएको स्वीकार्छन । ‘बजेटको ठूलो रकम शिक्षकको तलबमा खर्च हुन्छ,’मन्त्रालयका सहसचिव लवदेव अवस्थीले भने,‘यसलाई व्यवस्थापन गर्न नसकेका कारण शैक्षिक गुणस्तर अभिबृद्धि हुन नसकेको महसुस भएको छ ।’ 

शिक्षाविद् विद्यानाथ काइरालाले यस वर्ष पनि शैक्षिक गुणस्तर अभिबृद्धिका कार्यक्रम तथा बजेट नराखेकोमा चिन्ता व्यक्त गरे । उनले संविधानमै आधारभूत शिक्षा अनिवार्य भएपनि त्यसको उचित व्यवस्थापन गर्न नसकेकोले सरकारी शिक्षाको गुणस्तर अधिबृद्धि गर्न नभएको उनले दाबी गरे । 

आजको नागरिक दैनिकमा रुवी रौनियारले यो खबर लेखेकी छिन् । 

 

  

प्रतिक्रिया