Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्नातकपछि स्नातकोत्तर पढाई अन्यौल

सोमबार, ०४ साउन २०७२

काठमाडौं ४ साउन/क्यालेन्डर अनुसार शैक्षिक गतिविधि सञ्चालन नभएपछि त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहको पढाई सकेका विद्यार्थीले पाच महिना बितिसक्दा पनि स्नातकोत्तर तहमा भर्ना पाएका छैनन । 

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले स्नातक तह तेस्रो वर्षका सम्पूर्ण संकायको नतिजा गत माघमा सार्वजनिक गरेको थियो । तर, उक्त परीक्षामा उतिर्ण सबै विद्यार्थीका लागि अझै पनि स्नातकोत्तर तहमा भर्नाको आवेदन आहवान गरेको छैन । 

स्नातक तेस्रो वर्षको नतिजा सार्वजनिक भएको पाच महिना बितिसक्दा पनि स्नातकोत्तर तहमा पढन नपाएका हुन् । लामो समयदेखि शैक्षिक क्यालेन्डर अनुसार पढाई तथा परीक्षा सञ्चालन र नतिजा सार्वजनिक हुन नसकेको कारण गत बर्ष त्रिविले एकैपटक स्नातक तह तेस्रो वर्षमा दुई ब्याचका विद्यार्थीको पढाई सञ्चालन गरेको थियो । 

 यसरी एकैपटक परीक्षा सञ्चालन गरिएका ती विद्यार्थी ०७० र ०७१ ब्याचका हुन् । शैक्षिक क्यालेन्डर नियमित बनाउने प्रयासस्वरुप यसरी सञ्चालन गरिएकै कारण विद्यार्थी अहिले खाली बस्नु परेको हो । 

परीक्षा नियन्त्रक केशवप्रसाद बास्तोलाले भने,‘नियमअनुसार ०७१ सालमा स्नातक तह उतिर्ण विद्यार्थीलाई पनि अहिले स्नातकोत्तर तहमा भर्ना लिएर पढाई सञ्चालनमा गरिसक्नु पर्ने हो । तर, कक्षाकोठा र पढाउने शिक्षक अभाव भएका कारण पढाउन सकिएको छैन । स्नातक उतिर्ण गरेर स्नातककोत्तर पढने जोश र जागर अध्ययन गर्ने महत्वपूर्ण समयमा विद्यार्थी घरैमा बस्न बाध्य भएका छन् ।’ 

त्रिविका कमजोरीका कारण निश्चित समयभित्रमा अध्ययन पुरा गरेर रोजगारीमा लाग्ने वा थप अध्ययनका लागि विदेश जाने योजनामा रहेका विद्यार्थी समस्यामा छन् । 

आजको अन्नपूर्ण दैनिकमा सूर्यप्रसाद पाण्डेले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया