Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

स्ववियू निर्वाचन अझै अन्यौल

सोमबार, ०४ साउन २०७२

काठमाडौं ४ साउन /६ बर्षदेखि हुन नसकेको स्ववियू निर्वाचन मिति फेरी अन्योलमा परेको छ । गत वैशाखमा सर्वोच्व अदालतको फैसलाका आधारमा साउनभित्र निर्वाचन गर्नु पर्ने भए पनि अहिलृसम्म कुनै तयारी भएको छैन । 

त्रिभुवन विश्वविद्यायलले समेत निर्वाचन सानुपर्ने कारण औपचारिक रुपमा सार्वजनिक गरेको छैन । छोटो समय कार्यवधि बाकी रहेकै कारण त्रिवि पदाधिकारीले निर्वाचनलाई प्राथमिकता नदिएको विद्यार्थी संगठनको दाबी छ । उपकुलपतिको पदावधि एक महिना, रेक्टर र रजिष्टारको पाच महिना मात्रै बाकी रहेको छ । निर्वाचन गर्न नचाहेका पदाधिकारीलाई भूकम्प बाहना बनेको विद्यार्थी संगठनको आरोप छ । 

सर्वोच्व अदालतको आदेश अनुसार समावधि सकिन एक साता मात्रै बाकी छ । 

त्रिवि र आगिक क्याम्पस स्ववियू विद्यार्थी यूनियन निर्वाचन मिति यसअघि पनि दुई पटक तोकेर हुन सकेको थिएन । लामो समयसम्म निर्वाचन हुन नसक्दा विद्यार्थीका माग बलियो हुन नसकेको नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले बताए । 

निर्वाचन नहुदा नया विद्यार्थीलाई काउन्सिलिङ गर्न समेत समस्या पर्ने गरेको उनले बताए । 

आजको राजधानी दैनिकमा सञ्चिता घिमिरेले यो खबर लेखेकी छिन् । 

 

प्रतिक्रिया