Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

१४ हजारले दिए एसएलसीमा पुनर्योगको निवेदन

विहीबार, ०७ साउन २०७२

काठमाडौं ७ साउन /एसएलसी नतिजामा असन्तुष्टि जनाउदै १३ हजार सात सय ७४ जना परीक्षार्थीले पुनर्योगका लागि निवेदन दिएका छन् । 

केही जिल्लाबाट आवेदन आउन बाकी छ । 

परीक्षा नियन्त्रक बिष्णुबहादुर द्वारेका अनुसार परीक्षामा राम्रो नम्बर ल्याएर उतिर्ण भएका र अनुतिर्ण भएका दुबै थरीका विद्यार्थीले पुनर्योगका लागि आवेदन दिएका छन् । नियन्त्रक द्वारेल भने,‘८७/८८ प्रतिशत अंक ल्याएर पास भएका विद्यार्थीले पनि नतिजामा चित्त नबुझाएर पुनर्योगका लागि निवेदन दिएका छन् ।’ विद्यार्थीले एक नम्बर तलमाथि भएमा पनि नतिजा परिवर्तन हुने बताए । 

पुनर्योगका लागि १५ हजारसम्म आवेदन आउने उनको अनुमान छ । यो वर्ष अघिल्लो वर्षभन्दा केही कम निवेदन आएका छन् । अघिल्लो वर्ष १७ हजारको हाराहारीमा पुनर्योगको आवेदन आएको थियो । 

आजको नया पत्रिका दैनिकमा भवानीश्वर गौतमले यो खबर लेखेका छन् । 

 

प्रतिक्रिया