Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

कैलालीमा मेडिकल कलेज खोल्दै सरकार

विहीबार, ०७ साउन २०७२

काठमाडौं ७ साउन/सरकारले आफै मेडिकल कलेज सञ्चालनको गृहकार्य थालेको छ । कैलालीको गेटामा एमबीबीएसमा एक सय विद्यार्थीलाई अध्यापन गराउने गरी कक्षा सञ्चालनको तयारी गरिएको हो । 

मन्त्रिपरिषद्बाट मेडिकल कलेज पूर्वाधार विकास समिति (गठन) आदेश ०७१ पारित भएको छ । पूर्वाधार विकासका लागि सरकारले यस वर्ष बजेटसमृेत बिनियोजन गरिएको छ । शिक्षा मन्त्रालयले गुरुयोजना तयार गरी वातावरणीय प्रभाव मुल्याङकनसमेत सकेको छ । 

शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले सुदुरपश्चिममा मेडिकल कलेज नभएका कारण सरकार आफैले अग्रसरता लिएको बताए । 

अहिलेसम्म काम अपेक्षित रुपमा नभएपनि सरकारबाट पूर्वाधार निर्माण विकास समिति गठन आदेश भएकाले अब काम द्रुत गतिमा हुने उनको भनाई छ । 

आजको नया पत्रिकामा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया