Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

परिषद्ले केन्द्रको अधिकार खोस्यो

विहीबार, ०७ साउन २०७२

काठमाडौ ७ असार /उच्च माध्यमिक शिक्षा परिषद्ले पाठ्यक्रम विकास केन्द्रको अधिकार खोस्दै कक्षा ९ देखि १२ सम्मको प्राविधिक बिषयको पाठ्यक्रम निर्माण गर्ने भएको छ । 

भर्खरै प्राविधिक तर्फको एसएलसी परीक्षा उतिर्ण भएका विद्यार्थीलाई कक्षा ११ र १२ को पाठ्यक्रम निर्माण गर्ने जिम्मा पाएको परिषद्ले शिक्षा मन्त्रालयको निर्देशनअनुसार ११ र १२ को पाठ्यक्रम निर्माण गर्न लागेको हो । 

परिषद्का उपाध्यक्ष चैतन्य शर्माले मन्त्रालयले दिएको कार्ययोजना अनुसार ९ देखि १२ कक्षाको पाठ्यक्रम निर्माण गर्ने तयारी भइरहेको बताए । 

मन्त्रालयले दिएको कार्ययोजना अनुसार नै परिषद्ले पाठ्यक्रम निर्माण गर्न थालेको जानकारी उनले दिए । शैक्षिक सञ ०७३ देखि नै ९ देखि १२ को एकृकीत पाठ्यक्रम निर्माण गर्ने उनले बताए । 

शिक्षा सचिवको असार १५ मा बसेको बैठकले पाठयक्रम विकास केन्द्र, सीटीइभीटी र विद्यालयको सहयोष्मा परिषद्ले पाठ्यक्रम निर्माण गर्ने निर्णय गरेको थियो । 

कार्ययोजनामा प्राविधिक बिषयको कक्षा ९ देखि १२ सम्मको क्षेत्र र क्रम मिलान गरी सफट स्किल  र ओर्क ओरेन्टेशनमा आधारित  उमेर अनुकुल सिपोन्मुख बिषयबस्तुसमेत समेटी एकृकीत पाठ्यक्रम संरचना निर्माण गरिने उल्लेख छ । 

आजको नेपाल समाचार दैनिकमा यो खबर छापिएको छ । 

 

प्रतिक्रिया