Edukhabar
शुक्रबार, ०४ असोज २०८१
अन्तैवाट

७ विश्वविद्यालयमा पदाधिकारी रिक्त हुदै

शनिबार, ०९ साउन २०७२

काठमाडौं ९ साउन/सात विश्वविद्यालय साउन तेस्रो सातादेखि पदाधिकारी बिहीन हुदै छन् । त्रिभुवन, नेपाल संस्कृत, पूर्वाञ्चल, पोखरा, मध्यपश्चिमाञ्चल, सुदुरपश्चिमाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको पदाधिवधी साउन २३ देखि सकिन लागेको छ । 

त्रिभुवन र नेपाल संस्कृतिमा उपकुलपति, रेक्टर र रजिष्टार हुन्छन भने अन्यमा उपकुलपति र रजिष्टार मात्र रहन्छन । तत्काल उपकुलपतिको पदावधिसकिन लागेको छ भने अन्य पदाधिकारीको म्याद केही महिनापछि सकिदैछ । 

‘राजनीतिक भागबन्डाका आधारमा चयन गरिने भएकाले सत्तारुढ कांग्रेस र एमाले निकट प्राध्यापकहरु पदाधिकारी हुन दौडमा लागिसकेका छन,’स्रोतले भन्यो,‘एमाओबादी पनि आफनो भाग पाउनेमा ढुक्क छ ।’ 

आजको कान्तिपुर दैनिकमा गणेश राइले यो खबर लेखेका छन् ।  

 

प्रतिक्रिया